नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बबरमहल, काठमाडौं

पब्लिक एक्सेस मोडल(PAM) / PAM सम्वन्धि भावी योजना

पब्लिक एक्सेस मोडुल (PAM) संचालनका भावी योजना :

आर्थिक वर्ष २०७७/७८ मा थप २५ वटा कार्यालयबाट पब्लिक एक्सेस मोडुल संचालनमा ल्याउने बार्षिक कार्यक्रम भएता पनि विभागले आगामि आ व २०७८/७९ भित्र देश भरका कार्यालयमा प्रणालि संचालनमा ल्याउने योजनाका साथ तयारी गरीरहेको छ । यसै तयारीको शिलशिलामा उपत्यका र उपत्यका आसपासका भूमिसुधार तथा मालपोत कार्यालयका २।२ जना कर्मचारीहरुलाई PAM प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरी सो कार्यालय अन्तरगत स्थानीय तह र इच्छुक संस्थाहरुलाई प्रणाली संचालन तालिम उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यसरी नै यस आर्थिक वर्षमा अन्य कार्यालयहरुमा पनि प्रशिक्षक प्रशिक्षण संचालन गरी बृहतरुपमा प्रशिक्षित गर्ने र प्रणाली संचालन तथा प्रयोजमा स्थानीय तह र जग्गाधनी स्वयमको दक्षता बढाउने योजना विभागले राखेको छ ।

 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)