होम पेजको“पासवर्ड विर्सनु भयो?” भन्ने लिंकमा क्लिकगरी आउने पेजमा प्रयोगकर्ताको नाम/मोवाइल नं./इमेल भनिएको ठाउँमा युजर बनाउँदा प्रणालीमा प्रविष्ट गरिएकोआफ्नो प्रयोगकर्ताको नाम (Username) वा मोवाइल नं. वा इमेल ठेगाना दिई“निवेदन दर्ता गर्नुहोस” माक्लिक गर्दा तपाईको पासवर्ड तपाईकै मोवाइलमा मेसेजको रुपमा आउने छ ।
(Local Admin) वा विभागको सुपर एडमिन प्रयोगकर्तालेअर्को कुनै प्रयोगकर्ताको पासवर्ड तथा गोप्यकोड हेर्नर प्रयोग गर्नसक्दैन तर परिवर्तन गर्न सक्ने प्रावधान छ ।यसरी पासवर्ड परिवर्तन गर्दा सम्बन्धित प्रयोगकर्ताको जानकारीको लागि प्रणालीमा दर्ता भएको प्रयोगकर्ताको मोवाइल नम्बरमा मेसेज जाने व्यवस्था छ ।
सही युजरनेम र पासवर्ड प्रविष्ट गर्दा समेत लगिन हुन सकेन भने आफ्नो किवोर्डमाCAPS LOCK प्रेस भएको (Caps Lock on) वाटास्कबारमा नेपाली भाषा छनौट भएको हुन् सक्छ। CAPS LOCK प्रेस भएको भए अफ गर्नुहोस् तथा टास्कबारमा नेपाली भाषा छनौट भएको भए English मा परिवर्तन गरीपुन: कोशिस गर्नुहोस् ।
पाँच पटकसम्म पासवर्ड गलत दिएमा उक्त युजरनेम ब्लक हुन्छ ।आफ्नो युजरनेम ब्लक भएमा आफ्नो कार्यालयको स्थानीय प्रणाली व्यवस्थापक (Admin) लाई अनब्लकको लागि अनुरोध गरी अनब्लक गर्न सकिन्छ वा प्रश्न नम्बर २ बमोजिमको स्टेप सम्पन्न गरी आफ्नो मोबाईल नम्बरमा मेसेज प्राप्त गरेर समेत युजरनेमअनब्लक गर्न सकिन्छ ।
दुई तहको सुरक्षाको व्यवस्था गरिएकोछ।लगिन गर्दा प्रयोग हुने युजरनेम र पासवर्डका साथैनिवेदन दर्ता/रुजु/स्वीकृत लगायतका कार्य गर्दा आफ्नो गोप्यकोड प्रणालीमा अनिवार्यरुपमा प्रविष्ट गर्नु
प्रयोगकर्ताहरुले निवेदन दर्ता गरेको, रुजु गरेको, स्वीकृत गरेको तथा विवरण शंसोधन गरेको कार्यको लग “प्रतिवेदप्रयोगकर्ताको लगिन प्रतिवेदन” मार्फतहेर्न सकिन्छ ।
प्रश्न नम्बर १ बमोजिमको अबस्थामा “विद्युतीय अभिलेखशंसोधन” चलाउने हो भने घर कायम, फोटा टाँस लगायत मालपोत कार्यालयमा प्रक्रीया पुगाई र नियमनुसारकोराजस्व समेत लिई गर्नु पर्ने कार्यको लागि शंसोधन मोडुल चलाउनु पर्छ ।
प्रमाणको आधारमा जग्गाधनी दर्ता स्रेस्तामा भएको विवरणलार्इ मान्यता दिई कैफियत समेत जनाई प्रणालीमा व्यवस्था गरिएको “विद्युतीय अभिलेखशंसोधन”मोडुल मार्फत विवरण अद्यावधिक गर्नु पर्नेछ।
प्रणालीमा कुनै कित्तामा रहेको जग्गाधनीको विवरण गलत प्रविष्ट भएको पाइएमा जग्गाधनीको स्वमित्व समाप्त गर्ने की जग्गाधनीको विवरण शंसोधन गर्ने ?
गलत प्रवृष्टी भएको पाइएमा हालको जग्गाधनी दर्ता स्रेस्ताका आधारमा “जग्गाधनीको स्वमित्वसमाप्त” (विद्धुतिय अभिलेख शंसोधनसम्पत्ती शंसोधनकित्ता विवरणजग्गाधनी शंसोधन बटनस्वमित्व समाप्त)गरी अब कायम हुने जग्गाधनीको विवरण नयाँ जग्गाधनीको रुपमा थप्नु पर्छ।
विद्युतीय अभिलेखशंसोधन मोडुल मार्फत कित्ता तथा जग्गाधनी विवरण छुट इन्ट्रि तथा शंसोधन गर्दा ध्यान दिनु पर्ने कुरा के के हुन ?
जग्गाधनी दर्ता स्रेस्ता बमोजिमविद्युतीय अभिलेखशंसोधनमोडुल मार्फत प्रणालीमा डाटा अद्यावधिक, संशोधन र छुट डाटा इन्ट्रि गर्दा सर्भिस डेस्क, जुनियर अफिसर र मालपोत अधिकृतको भूमिका निर्वाह गर्ने कर्मचारीको दस्तखत रहने गरी गर्ने ।
एक भन्दा बढी विवरणदेखिए ती विवरणहरु मर्ज गर्न सकिन्छ ।कारोबारमा रहेको कित्ताकोविवरण प्रविष्ट गर्दाखर्चदावी सम्बन्धी विवरण प्रविष्ट गर्न छुट भई LRO/CLRO बाट कारोबार स्वीकृत समेत भएको अवस्थामा उक्त विवरण शँसोधन गर्न सकिन्छ कि सकिदैन ?
विवरण शँसोधन गर्न सकिने र नसकिने दुवै अवस्था रहेको छ । एडमिनले उक्त दर्ता नम्बर राखी सर्च गरेर हेर्दा यदि पहिले प्रविष्ट गरिएको थैली अंक देखिएमा सच्याउन सकिन्छ भने पहिले प्रविष्ट गरेको थैली अंक नदेखिएमा सच्याउन नसकिने अवस्था हुन्छ ।
रोक्का कितावमा सो कित्ता फुकुवा भनेर जनिएको छ भने सोही ब्यहोरा राखी “विद्धुतीय अभिलेख शंसोधन“ मोडुल मार्फत फुकुवा गर्नु पर्छ ।
कुन अवस्थामा “विद्युतीय अभिलेख शंसोधन” मोडुल मार्फतजग्गा/घर जग्गा रोक्का राख्नु पर्ने हुन्छ?
रोक्का कितावमा कुनै कित्ता रोक्का देखिएको तर प्रणालीमा रोक्का प्रविष्ट भएको नदेखिएको अवस्थामा“विद्युतीय अभिलेखशंसोधन” मोडुलबाट जग्गा/घर जग्गा रोक्का राख्नुपर्दछ ।
विवरण“प्रतिवेदन”
“जग्गा/घर जग्गाको प्रतिवेदन” अन्तर्गत “अघिल्लो कारोबार” मार्फत वा “प्रतिवेदन”
“प्रयोगकर्ताको लग”
“विद्युतीयअभिलेख शंसोधन” मार्फत हेर्न सकिने ब्यवस्था रहेकोछ ।
एउटै जग्गाधनीको मोही भएको र नभएको कित्ताहरु एकै पटक “विद्धुतिय अभिलेख शंसोधनसम्पत्ती थप्न” मोडुलबाट इन्ट्रि गर्न मिल्दैन ।
के कुनै एक जना कर्मचारी (प्रयोगकर्ता)ले चाहेमा प्रणालीमा जग्गा कित्ता तथा जग्गाधनी विवरण छुट इन्ट्री, खारेज वा शंसोधन गर्न सक्छ?
एक जना कर्मचारी (प्रयोगकर्ता)ले मात्र चाहेमा प्रणालीमा जग्गा कित्ता तथा जग्गाधनी विवरण छुट इन्ट्री, खारेज वा शंसोधन गर्न सक्दैन
जग्गा /घर जग्गा हक हस्तान्तरण सम्बन्धी कार्य गर्दा लिखत पारितमा दिने(विक्रेता), लिने(क्रेता) र कम्तिमा दुई जना साक्षीहरुको, मिसिलको हकमा निवेदकको तथा रोक्काको हकमा प्रतिनिधिको औठाछाप, फोटोरदस्तखत विद्युतीय उपकरणबाट लिनु (Capture) पर्छ।
घर जग्गाको स्वामित्व हस्तान्तरण गर्दा लिने वा दिने व्यक्तिको हातका कुनै औँला नभएको वा हस्त रेखा प्रष्ट नभएको अवस्थामा त्यस्ता ब्यक्तिको औठाछाप लिनु पर्दा मुलुकी ऐन कागज जाँचमहलको ६ र ७ नं. बमोजिम गरिनेछ
प्रणालीमा प्रविष्ट गरिएको औंठाछाप पुन: रुजु हुन नसकेमा प्रावधिक कारणले हो वा अन्य कारणले हो छानबिन गरी निर्णय गरी प्रणालीमा पुन: औंठाछाप प्रविष्ट गराई सो को कैफियत समेत जनाज्ञ थप कारवाही गर्नु पर्छ ।
डोर सुविधा प्रयोग गरीजग्गा /घर जग्गा हक हस्तान्तरण सम्बन्धी कार्य हुँदा प्रणालीमा दिने (विक्रेता)कोऔठाछाप, फोटो र दस्तखतविद्युतीय उपकरणबाट लिन सकिदैन ।
वारेश दिनु भनेकै आफु अनुपस्थीत हुन नसकी अरु कसैलाइ अधिकार दिनु भएकोले सो अवस्थामा जग्गा /घर जग्गाको हक हस्तान्तरण सम्बन्धी कार्य गर्दा लिने ब्यक्ति उपस्थित नहुने भएकाले निजको फोटो, औठाछाप रदस्तखत लिनु पर्दैन ।
जग्गा /घर जग्गा हक हस्तान्तरण सम्बन्धी कार्य गर्दा साक्षीको फोटो औठाछाप, दस्तखत तथा हस्ताक्षर र तीन पुस्ते विवरण प्रणालीमा प्रविष्ट गर्नु अनिवार्य छैन।तर सम्भव भए सम्म साक्षीहरुको पूर्ण विवरण लिनु पर्छ ।
कित्ता रोक्का राख्दा रोक्का राख्ने निकायबाट आउने प्रतिनिधिको औठाछाप, फोटोर दस्तखत पहिलो पटक विद्युतीय उपकरणबाट लिनु पर्छ भने दोस्रो पटक देखि प्रमाणीकरण (Verification) मात्र गरे पुग्छ ।
लिने¸ दिने¸ साक्षी वा प्रतिनिधी को औठाछाप प्रणालिमा पहिलेनै लिइ सकेको छ भने पुन निजहरु कुनै पनि कारोवार गर्न आउदा औठाको छाप प्रणालिमा प्रमाणीकरण गर्नु पर्दछ ।
जग्गा /घर जग्गा हक हस्तान्तरण सम्बन्धी कार्य गर्नको लागि दिने (विक्रेता)को विवरण तथा उसको नाममा रहेको जग्गा / घर जग्गाको विवरण प्रणालीमा पहिले नै प्रविष्ट भएकै हुनु पर्दछ
जग्गा /घर जग्गा हक हस्तान्तरण सम्बन्धी कार्य प्रणाली मार्फतगर्दा दिनेको विवरण Fetch गर्न नामसारी र दा.खा. मोडुल बाहेक अन्य सवै मोडलहरुमा दिने (बिक्रेता) को नागरिकता प्रमाण पत्र नम्बर अनिवार्य छ ।
जग्गा /घर जग्गा हक हस्तान्तरण हुँदा एकल स्वमित्वबाट संयुक्त नाममा वा संयुक्त नामबाट एकल स्वमित्वमा हक हस्तान्तरण भई जाने अवस्थामा “हक हिस्साको किसिम” परिवर्तन गर्नु पर्दछ ।
जुनसुकै कार्यालय अन्तर्गत रहेका फरक फरक कित्ताहरुमा जग्गाधनी एउटै हुनु पर्ने तर स्रेस्ता फरक फरक भई कम्प्युटरमा समेत जग्गाधनी विवरण दोहरिएर आएको देखिए ती विवरणहरु मर्ज गर्न सकिन्छ
क्रेताको रुपमा आएको संस्थाको दर्तानम्बर र मिति उपलब्ध भएनर उल्लेख हुन सक्ने देखिएन भने संस्थाको प्रतिनिधिलाइ सो संस्थाको स्थापित मिति घोषणा गर्न लगाइ सो मिति प्रविष्ट गर्नु पर्दछ ।
नेपाल सरकारको नाममा जाने कित्ताको जग्गाधनी प्रविष्ट गर्दानेपाल सरकारमा टिकमार्क लगाउदा प्रणालीमाLIN नम्बरOO000000101 र जग्गाधनी“नेपाल सरकार” प्रविष्ट हुन्छ ।
कारोबारको लागि एक पटक प्रक्रिया र उपप्रक्रिया छनौट गरी निवेदनसंग सम्बन्धित अन्य कार्य गरिसके पछिप्रक्रिया र उपप्रक्रियाको नाम परिवर्तन गर्न सकिदैन र पुन: दोहोर्याएर काम गर्नु पर्ने हुन्छ । तसर्थ निवेदन प्रविष्ट गर्दा विषयमा स्पष्ट भएर सही प्रक्रिया र उपप्रक्रिया छनौट गर्नु पर्छ।
दिने(विक्रेता) को स्वमित्वमा रहेको रैकर निजी र गुठी अधिनस्थ जग्गाको हक हस्तान्तरण सम्बन्धी कार्य गर्दा अंशवण्डा¸अंश भर्पाइ जस्ता उपप्रक्रीयाहरुको लागि एउटै लिखत लेखी आए पनि प्रणालीमा अलग अलग मोडुलहरु (लिखत पारित र गुठी अधिनस्त जग्गाको कारोबार) प्रयोग गरी गर्नु पर्दछ ।
एउटै कित्तालाई एक भन्दा बढी अलग अलग वा एउटै प्रक्रिया/उपप्रक्रीयामाएउटै कार्यालयको एउटै शाखा वा फरक फरक शाखाबाट एकै पटक कारोबारको लागि समावेश गर्न सकिदैन ।
घरजग्गा कारोवारको लागि लिखत/मिसिलसाथ पेश भएका आवश्यक कागजात (Supporting Documents) जस्तै घरबाटो सिफारिस, पूँजिगत लाभकरको स्वघोषणा फारम, राजस्व तिरेको रसिद आदि स्क्यान गरी प्रणालीमा अपलोड गर्नु पर्छ ।
नेपाल सरकारका नाममा कायम भएको जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा प्रिन्ट गर्नसकिने ब्यवस्था रहेको छैन तर नेपाल सरकारलाई संस्थाको रुपमा प्रविष्ट गरी कारोवार गरेको भए पुर्जा प्रिन्ट गर्न सकिन्छ ।
जग्गाधनी दर्ता प्रमाण पूर्जा प्रिन्ट गर्दा तोकिएको Format/layout अनुसार नभएमा विभागले तोकेको (Recommendation Browser and Version: ) भर्सन अनुसारको Browserप्रयोग गर्नु पर्ने हुन्छ ।
राजस्व नतिरी स्रेताको प्रतिलिपि उपलब्ध गराउनु पर्ने निकायहरु जस्तै अदालत¸ अख्तियार दुरुपयोग अनुशन्धान आयोग तथा विभिन्न आयोजनाहरुबाट स्रेस्ताको प्रतिलिपि माग भएमा प्रतिवेदन जग्गा/घर जग्गा प्रतिवेदन मार्फत प्रत्येक कित्ताको छुट्टा छुट्टैस्रेस्ता प्रतिलिपि दिन सकिन्छ ।
जग्गा /घर जग्गा हक हस्तान्तरण सम्बन्धी कार्य डोर सुविधा प्रयोग गरी भएको अवस्थामानंया निवेदन प्रविष्ट गर्ने पहिलो पेजमा दायाँतर्फ डोर सुविधामा टिक लगाएमा डोर बापतको दस्तुर प्रणालीमा देखिन्छ।
एउटै विक्रेताले एक आर्थिक वर्षमा गरेको कारोवार पूँजीगत लाभकर प्रयोजनका लागी नजोडिएमा जोडेर लिनु पर्दछ ।LRIMS बाट गरेको कारोवार नजोडिएसो को कारण पत्ता लगाई जोड्न लगाउनु पर्छ ।
कित्ताको न्युनतम मुल्याङ्कन रकम प्रणालीमा सो कित्ताको लागि प्रयोगकर्ताले छनौट गरेकोबाटो¸ ठाँउँ स्थान¸वर्ग¸ जग्गाको किसिम¸ जग्गाको प्रकृति¸कित्ता नम्बर आदिको आधारमा स्वचालितरुपमागणना हुन्छ।
अधिकृत वारेशवाटजग्गा /घर जग्गा हक हस्तान्तरण सम्बन्धी कार्य गर्दा विक्रेताको नाम प्रविष्ट गर्ने पेज/ट्यावमा अन्तिममा विक्रेता आएकोछ? भन्ने प्रश्नमा छैन भन्ने अप्सनमा टिक लगाउदाप्रणालीमा अधिकृत वारेशको विवरण राख्ने र फोटो¸ औठाकोछाप¸हस्ताक्षर सहित सवै विवरण प्रविष्ट गर्ने ठाउँ देखिन्छ।
साधारण वारेशवाटजग्गा /घर जग्गा हक हस्तान्तरण सम्बन्धी कार्य गर्दा क्रेताको नाम प्रविष्ट गर्ने पेज/ट्यावमा अन्तिममा क्रेता आएको छ? भन्ने प्रश्नमाछैनभन्ने अप्सनमा टिक लगाउदा वारेशको विवरण प्रविष्ट गर्ने ठाउँ देखिन्छ ।
जग्गाधनीको हक हस्तान्तरण अन्य मोडुलबाट भए जस्तै मोहीको हक हस्तान्तरण(गुठी जग्गाको कारोबार) गर्ने प्रयोजनका लागि“गुठी अधिनस्थ जग्गाको कारोवार” मोडुलको व्यवस्था गरिएको छ।
नागरिकता नम्बर/जारी मिती नभएको ब्यक्तीको जग्गा नामसारी गर्दा प्रणालीमा जग्गाका आधारमा नै खोजी गर्ने ब्यवस्था गरिएकोले नागरिकता नम्बर र जारी मिती नभएपनि नामसारी गर्न मिल्छ ।
हक हिस्सा मात्र नामसारी गर्दा जुन जग्गाधनीको हक हिस्सा नामसारी हुने हो सो को विवरण मात्र जग्गाधनी विवरणमा प्रविष्ट गरी (अन्य जग्गाधनीलाइ नराख्ने) गर्न सकिन्छ ।
अंशवण्डा गर्दा कुनै अंशियारले जग्गा र नगद बुझी लगेमा प्रणालीको ड्यासवोर्डमा व्यवस्था गरिएको गैर घरजग्गाको कारोवार मोडुलमा अंशवण्डा छनौट गरी गर्न सकिन्छ । यसरी गैर घरजग्गाको कारोवार मोडुलमा इन्ट्री गर्दा Reference Number भनेको ठाउँमा जग्गाको कारोवार गर्दा आएको Reference Number राख्नु पर्दछ ।
सरकारी जग्गा र रैकर निजी जग्गाको विचमा सट्टा पट्टा हुने अवस्थामा कार्यालय प्रमुखलेप्रमुख मालपोत अधिकृत भएको युजर(CLRO)बाट सो सरकारी जग्गालाई एक पटकका लागि कारोवारमा संलग्न हुने गरी फुकुवा गर्न सक्छ । सो ब्यवस्था जग्गा घरजग्गा प्रतिवेदन भित्र उपलब्ध छ ।
लिखतबाट ट्रायल चेक भई जग्गा घटी वा वढी हुने अबस्थामा सर्भिस डेस्कले विद्धुतिय अभिलेख संसोधन मोडुलबाट स्पष्ट कैफियत सहितप्रविष्ट गरी स्वीकृतीको लागिस्थानीय प्रणाली व्यवस्थापक समक्ष पेश गर्नु पर्छ ।
रोक्का रहेको कित्तामा अदालतबाट¸ सरकारी निकायबाट जती पटकपनि रोक्का रहन सक्छ । त्यस्तै पहिले रोक्का राख्ने वित्तीय संस्था वा सहकारी वा अन्य निकायले पुन दोहोराएर राख्न सक्छ ।
LIN को पुरा फर्म Land Owner Identification Number हो नेपालीमा जग्गाधनी संकेत नम्बर भनिन्छ । प्रणालीमा भएका सवै जग्गाधनी को LIN हुदैन । एकचोटी LRIMS कारोवार गरेमा वा विद्धुतिय अभिलेख संसोधनबाट कुनै पनि कुरा संसोधन भएमा उक्त जग्गाधनीको LIN आउछ ।LIN बन्ने आधारमा ब्यक्ती हो की संस्था हो भनी छनौट गरीन्छ जस्तै ब्यक्ती भए P बाट शुरु हुन्छ भने संस्था भए O बाट शुरु हुन्छ । ब्यक्ती पुरुष भए P पछि M जोडिन्छ PM त्यस्तै महिलामा PF / तेस्रो लिंगमा PT हुन्छ र बाकी नम्बरहरु क्रमैसंग सिस्टममा भएकोमा वढ्दै जान्छ । यो ११ अंक को हुन्छ । संस्थाको लागी पनि O बाट शुरु भइ संस्थाको प्रकार अनुसार LIN Generate हुन्छ जस्तै (OG – Government, OS – Social, OO – Government Office, OF – Financial, OA – Academic, OR – Recreation, OE – Enterprise, OP – Private, OC – Community, OM – Mid Government, ON – NGO, OT - Other).