सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

भूमि प्रशासन कार्यालय आठबिसकोट ,रुकुम (पश्चिम)

आठबिसकोट ,रुकुम (पश्चिम)

मुख्य कार्यहरू

१. प्रशासन शाखा

क) कर्मचारी प्रशासन शाखा

  •  कर्मचारी व्यवस्थापन (नियुक्ति, पदस्थापन, काज, सरुवा, वढुवा),
  •  विभागिय कारवाही तथा पुरस्कार सम्बन्धी कार्य,
  •  कर्मचारीहरुको व्यक्तिगत विवरण अद्यावधिक गर्ने,
  •  कार्यसम्पादन मुल्यांकन व्यवस्थापन,
  •  मानव संशासन विकास र परिचालन (तालिम),
  •  विदा सम्बन्धी कार्य,
  •  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निर्णय, निर्देशन कार्यान्वयन तथा अदालतको फैसला कार्यान्वयन,
  •  जनशक्तिको व्यवस्था गर्ने,
  •  संगठन संरचना र दरवन्दी सिर्जना सम्बन्धी,
  •  अभिलेख व्यवस्थित रूपमा राख्ने र राख्न लगाउने।

ख) आर्थिक प्रशासन (लेखा) शाखा

  •  बजेट व्यवस्थापन सम्बन्धी कार्यहरु (निकासा र अख्तियारी),
  •  बजेट लेखांकन,
  •  लेखा परीक्षण र बेरुजु फछ्र्यौट ।

ग) आन्तरिक प्रशासन शाखा

  •  आन्तरिक प्रशासन चुस्त तुरुस्त गर्ने,
  •  हेल्प डेक्सबाट सेवा प्रदान गर्ने,
  •  कार्यालय परिसर र कार्यकक्षको सरसफाई तथा सुरक्षाको प्रवन्ध गर्ने,
  •  भौतिक सम्पत्तिको संरक्षण र सम्बर्धन गर्ने,
  •  मालसामान जिन्सी खरिद, दाखिला, खर्च, जिन्सी निरिक्षण, लिलाम सम्बन्धी कार्य व्यवस्थापन,
  •  महानिर्देशकको निजी सचिवालय व्यवस्थापन गर्ने ।

घ) जनगुनासो

  • प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त जनगुनासोहरुको व्यवस्थापन
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त जनगुनासोहरुको व्यवस्थापन
  • विभिन्न पत्रपत्रिकामा प्रकाशित जनगुनासोहरुको व्यवस्थापन
  • भू.सू.व्य.म. र अन्य निकायबाट प्राप्त जनगुनासोहरुको व्यवस्थापन
  • यस विभागमा सोझै प्राप्त जनगुनासोहरुको व्यवस्थापन

ङ) कानून.  ऐन , नियम तथा परामर्श शाखा

  •  फैशला कार्यान्वयन सम्बन्धी कार्यहरु,
  •  लिखित जवाफ सम्बन्धी कार्यहरु,
  •  ऐन नियमहरुको परामर्श ।

२. मालपोत तथा भूमिसुधार शाखा

  • निर्णय बदर सम्बन्धी कार्य,
  •  जग्गा दर्ता सहमती सम्बन्धी कार्य,
  •  नेपाल सरकारको नामको जग्गा संरक्षण र व्यवस्थापन,
  •  भोगाधिकार /लिजसम्बन्धी कार्य,
  •  हालसाविक सम्बन्धी निर्देशनात्मक कार्य,
  •  रोक्का फुकुवा व्यवस्थापन सम्बन्धी,
  •  नीति निर्माण कार्यमा मन्त्रालयलाई सहयोग गर्ने,
  •  जग्गा प्रशासनका समस्या समाधानका लागि कार्यालयहरूलाई निर्देशन दिने,
  •  श्रेस्ता तथा अभिलेखहरू सुरक्षित र व्यवस्थित रूपमा राख्ने व्यवस्था गर्ने,
  •  ऐन तथा नियम निर्माण गर्न मन्त्रालयलाई सहयोग गर्ने ।
  •  हदबन्दी सम्बन्धी (कम्पनी संघ संस्थालाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न वा म्याद थप गर्न सिफारिस गर्ने),
  •  अन्य (मोही नामसारी, वांडफांड सम्बन्धी) निर्देशनात्मक कार्यहरु,
  •  भूमिमाथिको द्वैध स्वामित्व अन्त्य गर्ने व्यवस्था गर्ने,
  •  भू–उपयोगको उचित व्यवस्था गर्न सहयोग गर्ने ।

३)  योजना तथा अभिलेख शाखा

  •  वार्षिक विकास कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने, गराउने,
  •  जिल्ला स्थित कार्यालयका कार्यक्रम तर्जुमा र कार्यान्वयन,
  •  मासिक, चौमासिक र बार्षिक प्रगति समिक्षा,
  •  भूमि व्यवस्थापन सुदृढीकरण कोष परिचालन र व्यवस्थापन,
  •  राजश्वको लक्ष्य निर्धारण र वांडफांड,
  •  राजश्व असूली वांडफांड र प्रगति मुल्यांकन,
  •  शासकीय सुधार कार्ययोजना कार्यान्वयन,
  •  भौतिक पूर्वाधार निर्माण र प्रगति मूल्यांकन,
  •  मालपोत अभिलेख सुरक्षा तथा सुदृढीकरण आयोजना संचालन र कार्यान्वयन,
  •  कार्यालयहरूको भौतिक संरचनाको विकास तथा सुधार गर्ने,
  •  निरीक्षण अनुगमन तथा मूल्याङ्कन कार्ययोजना कार्यान्वयन,
  •  मासिक तथा वार्षिक प्रगति विवरण तयार गर्ने,
  •  जनशक्ति विकासका लागि आवश्यक तालिम, गोष्ठीको व्यवस्था मिलाउने,
  •  नीति निर्माणका लागि आवश्यक सूचना प्रवाह गर्ने ।
  •   दस्तुर तथा शुल्क निर्धारणका लागि मन्त्रालयमा सुझाव प्रस्तुत गर्ने,
  •  जग्गाको न्यूनतम मूल्याङ्कन पद्धतिलाई समयानुकूल सुधार गर्ने,
  •  राजस्व प्रशासन सम्बन्धमा कार्यालयहरूलाई आवश्यक निर्देशन दिने
  • अभिलेखहरुको संरक्षण,

४)  भू-सूचना प्रविधि शाखा

  •  कम्प्यूटर प्रणालीको विकास र ICT (Information and Communication Technology) Project संग सम्बन्धित सम्पूर्ण कार्यहरु,
  •  वेबसाइट डिजाइन र नियमित अध्यावधिक,
  •  विभागमा सुचारुरुपले इमेल, इन्टरनेट सञ्चालन,
  •  जग्गा प्रशासनमा सूचना प्रविधिको प्रयोग सम्बन्धी आवश्यक नीति निर्माण गर्ने,
  •  विद्युतिय हाजिरी प्रणाली सञ्चालन गर्ने,
  •  हार्डवेयर मर्मत तथा नेटवर्किङ सञ्चालन,
  •  कार्यालयमा सञ्चालनमा रहेका सफ्टवेयरको नियमित अनुगमन तथा निरीक्षण,
  •  नियमित डाटा व्याकअप,
  •  आधुनिक यान्त्रिक संजाल प्रविधिको प्रयोगबाट श्रेस्ता अभिलेख व्यवस्थित गरी छिटो, छरितो एवं स्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाउने,
  •  IT सम्बन्धी तालिम सञ्चालन गर्ने ।