ऐतिहासिक काल देखि नै जनतासँग प्रत्यक्ष सरोकार रहने घर जग्गा जस्ता श्रीसम्पतिको संरक्षण गर्ने, अभिलेख राख्ने भुमिकर असुल गरी राज्यको राजश्व वृद्धि गर्ने उद्देश्यको साथ प्राचीनकाल देखि नै भूमि प्रशासन कार्यालय, कोष तथा तहसिल कार्यालय, माल अड्डा जस्ता कार्यालयहरु स्थापना भएको पाईन्छ ।
यसैगरी जग्गा वाडफाँड, कुत वाली निर्धारण, मोहि कायम तथा निष्कासन, लगतकट्टा, अनवार्य वचत, हदवन्दी कायम जस्ता कार्यको लागि भूमिसुधार कार्यालयको स्थापना भएको पाईन्छ । भूमिसुधार ऐन २०२१ लागु भए पश्चात प्रत्येक जिल्लामा जिल्ला भूमिसुधार कार्यालय स्थापना गरिएको साथै मालपोत ऐन २०३४ लागु भए पश्चात प्रत्येक जिल्लामा एक-एकवटा मालपोत कार्यालयको स्थापना भै हाल कतिपय जिल्लाहरुमा थप कार्यालय समेत स्थापना गरिएको छ ।
मालपोत कार्यालय धनकुटाको परिचयः-
राणाकालिन ऐतिहासिक गौडा रहेको स्थान देव्रेवास धनकुटामा माल अड्डाको रुपमा संचालित यो कार्यालय मालपोत ऐन २०३४ लागु भए पश्चात मिती २०३५/०४/०१ देखि मालपोत कार्यालय धनकुटामा परिणत भै हालसम्म धनकुटा ४ देव्रेवासको आफ्नै भवनमा कार्य संचालन हुदै आइरहेको छ ।
विगत द्वन्द्वकालमा मिति २०६२/१०/०१मा यस कार्यालयको भवन पूर्ण क्षती भै कार्यालय भित्र रहेको कतिपय महत्वपुर्ण कागजात अभिलेखहरु समेत नष्ट भएका छन् ।शान्ति तथा पुन: निर्माण मन्त्रालय अन्तर्गत शहरी तथा भवन निर्माण विभाग सोही स्थानमा २०६७/०७/०४ मा भवन निर्माण सम्पन्न भै कार्यालय संचालन भै रहेको छ।
यस धनकुटा जिल्लामा भूमिसुधार कार्यालय तथा गुठी संस्थानको कार्यालय नभएको हुँदा ती दुई निकायको कार्य समेत यस मालपोत कार्यलयले गर्दै आएको छ ।
कार्यालय स्वीकृत दरवन्दी २५ जना रहेको छ ।