सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

भूमि प्रशासन कार्यालय जुम्ला

जुम्ला

हाम्रो बारेमा

नेपाल सरकार श्री भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा श्री भूमि व्यवस्थापन तथा अभिलेख विभाग अन्तर्गत 21 वटा भूमि सुधार तथा मालपोत कार्यालय र 110 वटा मालपोत कार्यालय मध्ये भौगोलिक विकट र पिछडिएको क्षेत्र अन्तर्गत बि.स. २०34 सालमा अगाडी माल कार्यालय र 2034 साल पछि मालपोत कार्यालयको विधिवत रुपमा स्थापना भएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग समयको माग अनुसार यस कार्यालयबाट प्रवाह हुने भुमि सुधार जग्गा प्रशासन र व्यवस्थापन सम्बन्धि कार्यहरु छिटो छरितो र पारदर्शी, प्रभावकारी रुपमा सेवा प्रवाह गर्न सरकारको सामु चुनौतीको रुपमा देखा परेको छ । नेपाल बौद्धिक कालदेखि नै भूमिलाई राज्यको अधिनमा राखि सो भूमिको उपयोग गर्नेले निश्चित कर राज्यलाई बुझाउने पर्ने प्रचलन रहदै आएको पाईन्छ । नेपालमा मालपोत अशूली गर्ने कार्य कहिले देखि गर्ने भन्ने कुरा यथार्थ पत्ता नलागे पनि भूमि कर उठाउने कुरा ऋगवेद र अथर्ववेदमा समेत उल्लेख भएको पाईन्छ । लिच्छिवीकालमा जग्गाको प्रशासन केन्द्रित थियो । राजा जयस्थिति मल्लको पालामा जग्गा नापजाँप गराउने विर्ता जग्गा बिक्री गर्न र बन्धक राख्न नियम बसालेका थिए । नेपालको संदर्भमा 80 प्रतिशत मानिसहरुको जिविको पार्जनको माध्यमको रुपमा जग्गा एक प्रमुख स्रोतको रुपमा रहेको छ । जुम्लाको भौगोलिक अवस्था हेर्दा २५३१ बर्ग किलोमिटर क्षेत्रफल रहेको छ । छिमेकी जिल्लाहरुमा पूर्वमा डोल्पा पश्चिममा कालिकोट उत्तरमा मुगु र दक्षिणमा जाजरकोट रहेको पाइन्छ ।

मालपोत कार्यालय जुम्ला जिल्ला २८ ५८ देखि २९ ३५ उत्तरी अक्षांश सम्म र ८१ ५० देखि ८२ ३५ पूर्वी देशांन्तर सम्म फैलिएको छ । मालपोत कार्यालय, जुम्ला भने जि.पि.एस. मापनका अनुसार २९ १६ ७३।। उत्तरी अक्षांश र ८२ ११ ०.६।। पूर्वी देशान्तर २३५१ मिटर उचाइमा रहेको छ । यस मालपोत कार्यालयले जुम्ला जिल्ला भरिको साविक ३० गा.बि.स. (हाल १ नगरपालिका र ७ गाउँपालिका गरि जम्मा ८ स्थानिय तह) भित्रको भूमि सम्बन्धी कार्य गर्दै आएको छ। यो कार्यालय सुन्दर नगरि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ रानीचौरमा रहेको छ । यस कार्यलय द्धन्द्ध काल मिति 2059 र 2061 गरि दुई पटक कार्यालय आगजनि भई सम्पुर्ण श्रेष्ताहरु जलेर नष्ट भएको हुँदा सेवा प्रवाहमा कठिन भएको छ । यस मालपोत कार्यालयले २०७६ असोज १ गते देखी चन्दननाथ नगरपालिका वडा नं. ६ साविक महत गा.बि.स. वडा नं. १ कित्ता नं. ७१ क्षेत्रफल ०,३७९० वर्गमिटरमा यस कार्यालय अवस्थित छ । नेपाल सरकारले प्रदान गर्ने सेवाहरु सूचना प्रविधि मार्फत अनलाईन प्रदान गर्ने क्रममा मालपोत कार्यालय जुम्लाबाट भू-सूचना व्यवस्थापन प्रणाली मार्फत मिति 2076 साल कार्तिक 17 गते देखि सेवा सञ्चालन आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ ।