सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

भूमि प्रशासन कार्यालय सल्यान

सल्यान

मुख्य कार्यहरू

 मालपोत कार्यालय सल्यान 

यस कार्यालयले सम्पादन गर्ने प्रमुख कार्यहरू :

  •  जग्गा प्रशासनसम्बन्धी :
  • जग्गा सम्बन्धि सेवाग्राही र सार्वजनिक निकायलाई आवश्यक सूचना प्रदान गर्ने,
  • प्रत्येक नयाँ आ व मा न्युनतम मुल्याङकन पस्तिका तयार पार्ने,
  • जग्गा राजिनामा, वकस पत्र, अ‌‌ंश बण्डा, अंश भरपाई, सट्टापट्टा, छोडपत्र, सगोलनामा, मानो जोडिएको, मानो छुट्टिएको आदिको रजिष्ट्रेशन पास गरि जग्गाधनि पुर्जा उपलब्ध गराउने,
  • अर्धन्यायिक निकायले गर्ने जग्गा प्रशासनसम्बन्धी निर्णय गर्ने,
  • नामसारी, घर कायम, संशोधन, अदालति दा०खा०, मोहि दा०खा०, लिलाम दा०खा०, शे०व० दा०खा०, आदि गर्ने,
  • लगत कट्टा गर्ने भनि निवेदन माग भइ आएमा सोहि बमोजिम लगत कट्टा गर्ने,
  • छुट जग्गा दर्ता,
  •  जग्गा रोक्का तथा फुकुवा गर्ने,
  •  हक सफा सम्बन्धी कार्य गर्ने,
  •   गुठीको जग्गा प्रशासन सम्बन्धी कार्य गर्ने,
  •   भूमि सुधार सम्बन्धी कार्य गर्ने आदि ।


  •  अभिलेख व्यवस्थापन
  •  जग्गाधनी दर्ता श्रेस्ताको सुरक्षा व्यवस्थापन, अद्यावधिक तथा मर्मत सुधार गर्ने,
  •  जग्गाधनी दर्ता श्रेस्तालाई मोठ कायम गर्ने,
  •  तामेली अभिलेख सुरक्षा तथा व्यवस्थापन गर्ने,
  •  रोक्का लगत व्यवस्थापन तथा अध्यावधिक गर्ने ।
  • विभिन्न निकायबाट प्राप्त प्रत्रहरुको अभिलेख तथा सूरक्षा गर्ने आदि ।


  •  योजना तथा तथ्याङ्क
  •  कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने,
  •  मासिक, चौमासिक तथा वार्षिक कार्य प्रगति मन्त्रालय तथा विभागमा पठाउने,
  •  मन्त्रालय तथा विभागलाई आवश्यक भू―सूचना प्रवाह गर्ने आदि


  • आर्थिक कार्य
  • दैनिक राजस्व संकलन गर्ने,
  • राजस्व वापत प्राप्त रकम बैक दाखिला गर्ने, 
  • संकलित राजस्व संघ, प्रदेश र स्थानिय तहमा बाँडफाँड गर्ने आदि