|
क्र.सं. |
सेवा सुविधाको प्रकार |
सेवा ग्राहीवर्ग जनताले पुर्याउनु पर्ने प्रकृया तथा प्रमाण |
शुल्क दस्तुर |
लाग्ने समय |
जिम्मेवार पदाधिकारी शाखा इकाई फाँट |
कैफियत
गुनासो सुन्ने
|
|
१. |
घर जग्गा रजिष्ट्रेशन |
१. सक्कल ज.ध.प्र.पूर्जा,
२. नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपी समेत (लिने दिनेको),
३. चालू आ.व.को मालपोत असूली रसिद घर समेत भए कर क्लियरेन्स पत्र,
४. स्थानीय तहको घरबाटो सिफारिस,
५. राजिनामा लिखत
|
प्रत्येक आर्थिक वर्षको प्रदेश आर्थिक ऐनले तोके बमोजिम |
सोही दिन |
रजिष्ट्रेशन फाँट/मोठ फाट |
कार्यालय प्रमुख |
|
२. |
नामसारी |
१. सक्कल ज.ध.प्र.पूर्जा,
२. चालू आ.व.को मालपोत असुली रसिद,
३. नाता प्रमाणित प्रमाण पत्र,
४. मृत्युदर्ताको प्रमाण पत्र,
५. स्थायी बसोबास गरेको स्थानीय तहको सम्पूर्ण व्यहोरा खुलेको सिफारिश,
६. मृतकको पति पत्नी छोरा छोरी बाहेक अन्यको हकमा आवश्यकतानुसार सार्बजनिक सूचना तथा सर्जमिन,
७. धेरै जना हकदार भएमा हकदारहरुले मन्जुरीनामा गर्न चाहेमा मञ्जुरिनामा,
|
मृत्यु भएको ३५ दिन भित्र विलम्ब शुल्क नलाग्ने सोभन्दा पछि बिलम्ब शुल्क सहित प्रत्येक आर्थिक बर्षको प्रदेश आर्थिक ऐनले तोके बमोजिम । |
प्रकृया पूरा भएपछि |
मुद्दा फाँट |
कार्यालय प्रमुख |
|
३. |
जग्गादर्ता (रैकर जग्गा) |
रैकर परिणत भएको साविक लगत, फिल्डबुक, नक्शा, जग्गा रहेको न.पा. गा.वि.स.को सिफारिश, हकदारले जग्गादर्ता माग भएकोमा नाता प्रमाणित मृत्युदर्ता, स्थायी वसोवास भएको न.पा. गा.वि.स.को हकदार खुलेको सिफारिश सम्भव भएसम्म भू.सु.७ नं फाँटवारी, हकदावी सम्बन्धी सार्बजनिक सूचना, नागरिकताको प्रमाणपत्र र अन्य आवश्यक प्रमाण |
नामसारी दर्ताको लागि रु.१०।- र साविक देखि चालू आ.व. सम्मको मालपोत तिरेको रसिद |
प्रकृया पूरा भएपछि |
जग्गा दर्ता फाँट |
कार्यालय प्रमुख |
|
४. |
विर्ता जग्गा विर्तावालाको हकमा दर्ता |
पोता विर्ता लगत, ऐनको म्याद भित्रको मांग निवेदन, जोताहाको वयान, फिल्डबुक, फिल्डनक्शा सम्भव भएसम्म भू.सु. ७ नं फाँटवारी, जग्गा रहेको न.पा.,गा.वि.स.को सिफारिश, नामसारी रै.प. दर्ता भए नाता प्रमाणित, मृत्यु दर्ता स्थायी वसोवास रहेको न.पा. गा.वि.स.को सिफारिश हकदावी सम्बन्धी सार्बजनिक सूचना र अन्य आवश्यक प्रमाण |
रु.१००।- देखि १,०००।- सम्म तजविजी जरिवाना र ३५ दिन नाघेको ना.सा. भए थप रु.१०।- समेत तथा २०१६ साल देखि चालू आ.व.सम्मको मालपोत |
प्रकृया पूरा भएपछि
|
जग्गा दर्ता फाँट |
स्थलगत र्सजमिन आवश्यकता अनुसार अधिकृतस्तरवाट भोग सम्बन्धी फिल्ड निरिक्षण प्रतिवेदन |
|
५. |
विर्ता जग्गा जोताहाको हकमा दर्ता |
२०५३ असार मसान्तभित्रको रै.प. दर्ता माग निवेदन, जोताहा निस्सा, फिल्डवुक, फिल्डनक्शा, सम्भव भएसम्म भू.सु. २ नं अनुसूचि, जग्गा रहेको न.पा. गा.वि.स. को सिफारिश, नामसारी रै.प. दर्ता भए नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्र, हकदावी सम्बन्धी सार्बजनिक सूचना र अन्य आवश्यक प्रमाण |
रजिष्ट्रेशन प्रयोजनको लागि कायमी मूल्यांकनको १० प्रतिशत रै.प. दस्तुर, चालू आ.व. को मालपोत को १० दोव्वर सेवा दस्तुर |
प्रकृया पूरा भएपछि |
जग्गा दर्ता फाँट |
स्थलगत र्सजमिन आवश्यकता अनुसार अधिकृतस्तरवाट फिल्ड निरीक्षण प्रतिवेदन |
|
६. |
दा.खा. |
(क) मोही दा.खाः
१. भू.सु.को निर्णय तथा जनाउ पत्र,
२. सक्कल ज.ध.प्रमाण पूर्जा,
३. नागरिकता प्रमाणपत्र,
४. अन्य आवश्यक प्रमाणहरु
|
प्रदेश आर्थिक ऐनले तोके बमोजिम |
निवेदन परेकै दिन (सम्भव भएसम्म) |
मुद्दा फाँट |
कार्यालय प्रमुख |
|
|
|
(ख) अदालतको फैसला र मिलापत्र अनुसार दा.खाः
१. अदालतको तहगत अन्तिम फैसलाहरु तथा जनाउपत्र,
२. निवेदकको नागरिकताको प्रमाण पत्र, ३. सम्बन्धित स्थानिय तहको घरबाटो सिफारिस आदि)
|
प्रदेश आर्थिक ऐनले तोके बमोजिम |
प्रकृया पूरा भएपछि |
मुद्दा फाँट |
कार्यालय प्रमुख |
|
|
शे.व. दा.खा. |
(ग) शे.व. लिखतबमोजिमको दा.खाः,
१. स्थानीय तहको सिफारिश,
२. मृत्युदर्ता,
३. शे.ब. पारित लिखत,
४. शे.ब. लिखत सदर हुनुपर्ने,
५. नागरिकता,
६. मालपोत रसिद,
७. जग्गाको विवरण नखुली अष्टलोह शे.व. लिखतको हकमा स्थलगत र्सजमिन
८. आवश्यकताअनुसार अन्य प्रमाणहरु
|
प्रदेश आर्थित ऐनले तोके बमोजिम |
प्रकृया पूरा भएपछि |
मुद्दा फाँट |
कार्यालय प्रमुख |
|
७. |
संशोधन |
(ख) नाम, थर, संशोधनः
१. सक्कल ज.ध.प्रमाण पूर्जा,
२. नागरिकता प्रमाणपत्र,
३. सम्बन्धित स्थानीय तहको फोटो टाँस सहितको किटानी सिफारिश,
४. आवश्यक्तानुसार सूचना तथा सर्जमिन, ५. अन्य आवश्यक प्रमाणहरु
|
प्रदेश आर्थिक ऐनले तोके बमोजिम
|
प्रकृया पूरा भएपछि |
मुद्दा फाँट |
कार्यलय प्रमुख |
|
|
|
|
|
|
|
|
|
८. |
फोटो टाँस/अनलाईन फोटो खिच्ने
|
१. सक्कल ज.ध.प्रमाण पूर्जा,
२. नागरिकता प्रमाणपत्र,
३. स्थायी बसोवास गरेको स्थानीय तहको फोटो टाँस सहितको ३ पुस्ते विवरण उल्लेख गरी जग्गाको कि.नं. समेत उल्लेख गरी गरेको स्थानीय तहको किटानी सिफारिस,
४. स्वामित्व प्राप्त गरेको श्रोत कागजात,
५. अन्य आवश्यक प्रमाणहरु
|
नलाग्ने |
साधारणतया सोही दिन |
मोठ/कम्प्यूटर फाँट |
|
|
|
|
|
|
|
|
|