सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

मालपोत कार्यालय सोलुखुम्बु

सोलुखुम्बु

मुख्य कार्यहरू

यस कार्यालयले गर्ने प्रमुख कार्यहरू

जग्गा प्रशासन सम्बन्धी कार्यहरू
  • छुट जग्गा दर्ता गर्ने,
  • जग्गा रोक्का तथा फुकुवा गर्ने,
  • हकसफा सम्बन्धी कार्य गर्ने,
  • अर्धन्यायिक निकायले गर्ने जग्गा प्रशासन सम्बन्धी निर्णय गर्ने,
  • जग्गाको न्यूनतम मूल्याङ्कन गर्ने ।
अभिलेख व्यवस्थापन सम्बन्धी कार्यहरू
  • जग्गाधनी दर्ता श्रेस्ताको सुरक्षा व्यवस्थापन, अद्यावधिक तथा मर्मत सुधार गर्ने,
  • जग्गाधनी दर्ता किताब खडा गर्ने,
  • तामेली अभिलेख सुरक्षा तथा व्यवस्थापन गर्ने,
  • रोक्का लगत व्यवस्थापन गर्ने ।
योजना तथा तथ्याङ्क सम्बन्धी कार्यहरू
  • कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने,
  • मासिक, चौमासिक तथा वार्षिक कार्यप्रगति मन्त्रालय तथा विभागमा पठाउने,
  • मन्त्रालय तथा विभागलाई आवश्यक भू-सूचना प्रवाह गर्ने ।
भूमिसुधार सम्वन्धी कार्यहरू
  • जग्गाको हदबन्दी तथा बिक्री वितरणसम्बन्धी कार्यहरू गर्ने,
  • मोहीको लगत अद्यावधिक राख्ने,
  • जग्गाधनी र मोहीलाई जग्गा बाँडफाँड गर्ने,
  • जग्गाधनी र मोही बीचको अन्य विवादहरू समाधान गर्ने।
गुठी सम्वन्धी कार्यहरू
  • यस जिल्लामा रहेका गुठी जग्गाहरुको लगत स्रेस्ता अद्दावधिक गर्ने,
  • गुठी जग्गाहरुको मालपोत असुल गरी गुठी संस्थानमा पठाउने,
  • स्थानीय गुठी समिति गठन गर्ने सम्वन्धमा समन्वयको कार्य गर्ने ।