सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

मालपोत कार्यालय ताप्लेजुङ

ताप्लेजुङ

हाम्रो बारेमा

ताप्लेजुङ जिल्लाको संक्षिप्त परिचय

नेपालको सुदुर पूर्वी हिमाली जिल्ला ताप्लेजुङको नामाकरण ताप्ले नाम गरेको भुटिया राजाको जोङ्ग (किल्ला) बाट रहन गएको हो भन्ने कथन पाईन्छ । अर्को शब्दमा ताप्ले भनेको घोडा र जुङ्ग भनेको चराउने ठाउँ भन्ने कथन रहेको पाईन्छ । यो जिल्ला नेपालको प्रदेश नं. १ अन्तर्गत मेची अञ्चलको पूर्वोत्तर भागमा अवस्थित जिल्ला हो । जहाँ विश्वको तेस्रो तथा नेपालको दोस्रो उच्च हिमाल, विश्वकै सबैभन्दा सुन्दर कहलिएको सिङ्गलिला हिमश्रृङ्खला रहेका छन् । चीनको स्वशासित प्रान्त तिब्बतको ल्हासाबाट सबैभन्दा नजिक पर्ने नेपालको जिल्ला पनि यही नै हो । यस जिल्लामा प्रसिद्ध पाथीभरा देवीको मन्दिर, करिव ६०० वर्ष पुरानो डिकी छ्योलिङ गुम्बा रहेको पाइन्छ । राणाकालमा समेत विभिन्न अड्डा अदालत रहेको यस जिल्लालाई बुढापाकाहरु अमिनी नामले समेत चिन्ने गर्दछन् ।

 

जिल्लाको समग्र अवस्था :

भौगोलिक अवस्थिती :

       सीमाना :

       पूर्व : भारतको सिक्किम,                              पश्चिम : तेह्रथुम, संखुवासभा जिल्ला

       दक्षिण : पाँचथर, तेह्रथुम,                             उत्तर : चीनको तिब्बत

       जिल्लाको कुल क्षेत्रफल : ३६४६ वर्ग कि.मी.            (नेपालको कुल क्षेत्रफलको ३.२७५%)

       जिल्ला समन्वय समिति : १                           नगरपालिका संख्या : १

       गाउँपालिका संख्या : 8