सर्वसाधारण जनताको सेवा, सुविधा र आर्थिक हित कायम राख्न भू―अभिलेख तथा श्रेस्ता व्यवस्थित गरी जग्गाधनी तथा मोहीको हक संरक्षण गर्ने। भूमि व्यवस्थापन कार्यलाई सेवामुखी एवम् सूचनामूलक बनाउने। जमीनमा सीप र श्रम हुने व्यक्तिको पहुँच अभिवृद्धि गरी गरीबी घटाउने कार्यमा सहयोग पुर्याउने। भू―राजस्व परिचालन गर्न सहयोग पुर्याउने। आधुनिक, विश्वसनीय, गुणस्तरयुक्त र वस्तुपरक भू―सूचना प्रणालीको विकास गर्ने।